Logo

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सुरक्षा सामग्री प्रदान

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सुरक्षा सामग्री प्रदान



काठमाडौ । लोमस फर्मास्युटिकल्स प्रालिले शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ ।

प्रालिका ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामाग्री प्रदान गरेका हुन् ।

कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।

यसअघि पनि आफूहरुले विभिन्न संघ÷संस्थाहरुलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरिसकेको पाण्डेको भनाई छ ।

उनले आगामी दिनमा आफूहरुले कोषसँग सहकार्य गर्दै आवश्यकत्ताअनुसार सामाग्रीहरु उपलब्ध गराउने विश्वास दिलाए ।

कोषका सदस्यसचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेकोमा लोमस फर्मास्युटिकल्स प्रा.ली.लाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL