Logo

एलआईसी नेपालले ल्यायाे ‘न्यू जीवन तरङ्ग’ योजना, यस्ता छन् विशेषता

एलआईसी नेपालले ल्यायाे ‘न्यू जीवन तरङ्ग’ योजना, यस्ता छन् विशेषता



काठमाडाैं । एलआईसी नेपालले ‘न्यू जीवन तरङ्ग’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा उक्त ‘न्यू जीवन तरङ्ग’ योजनाको सार्वजनिक अनावरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले गरे ।

१५ देखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्ने छन् । न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वर्ष, १५ बर्ष र २० बर्ष रहेको छ । यस बीमा योजनाले बीमितको उमेर १०० वर्ष रहँदासम्म बीमा रक्षावरण गर्दछ भने अधिकतम रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् ।

बीमा शुल्क भुक्तानी अवधिमा बीमितको निधन भएमा बीमांक रकम र सो अवधिसम्मको आर्जित बोनस रकम इच्छाएको व्यक्तिलाई प्रदान गरिन्छ । बीमाशुल्क भुक्तानी अवधिसम्म बीमित जिवित रहेमा आर्जित बोनस प्रदान गरिन्छ र सोपछिको प्रत्येक बीमा वर्ष दिवसमा बीमांकको ५.५ प्रतिशत रकम सुनिश्चित लाभ (पेन्सन सरह) बीमित ९९ वर्ष हुँदासम्म प्रदान गरिन्छ ।

पेन्सन लिईरहेको अवस्थामा बीमितको निधन भएमा इच्छाएको व्यक्तिलाई वा बीमित १०० वर्षसम्म जिवित रहेमा निजलाई नै बीमांक बराबरको रकम प्रदान गरिन्छ । पेन्सन लिइरहेको अवस्थामा जहिले पनि बीमा समर्पण गर्न सकिनेछ । बीमा समर्पण गर्दा पेन्सनबापत लिएको रकम कटौती नगरी बीमांकको ९५ प्रतिशत समर्पण मूल्य रकम बीमितले प्राप्त गर्न सक्नेछन् । बीमा चलेको २ वर्ष पश्चात् कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सकिन्छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले बिमितले आफ्नो अवकाशपछिको जीवनमा नियमित पेन्सन प्राप्त गरी आर्थिक सुनिश्चितता प्राप्त गर्न यो योजना अति उपयोगी रहने बताए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नयाँ बीमा योजनाको बारेमा प्रकाश पारे । उनले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL