काठमाडौं । नेपालको पहिलो मोबाइल वालेट इ–सेवा र म्यासेजिङ एप राकुटेन भाइबरबीच भुक्तानी सेवाको लागि सम्झौता भएको छ । यो सम्झौतासँगै अब भाइबर एकाउन्टबाट पनि पैसा ट्रान्सफर गर्न सकिने भएको छ ।
लअभिि
इ–सेवा अकाउन्ट भएका ग्राहकले भाइबर अकाउन्ट लिंक गरेर पैसा पठाउन वा टपअप गर्न सकिनेछ । बुधबार म्यासेजिङ एप भाइबर र मोबाइल वालेट इसेवाले इ–सेवा भएको अकाउन्ट एक पटक भाइबरमा लिंक गरेपछि कसैलाई पैसा पठाउन वा मोबाइल रिचार्ज गर्न सकिने इ–सेवाका रोशन लामिछानेले बताए ।
भाइबरका तर्फबाट ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले एसिया प्यासेफिक रिजनमा इसेवासँग पहिलो सम्झौता भएको बताइन। उनले नेपालमा इसेवासँग सहकार्य गरेर यो सेवा दिन सकिएकोमा उत्साहित भएको बताइन् । साथै, एप्पल र गुगलपछि फाइनान्सियल ट्रान्जेक्सनको तेस्रो सम्झौता भएको बताइयो ।
इ–सेवाका सीओओ लामिछानेले अब इ–सेवाको अकाउन्ट भाइबरमा लिंक गरेर ट्रान्जेक्सन गर्न सकिने बताए ।