Logo

सेन्ट्रल मललाई कालोबजारी गरेकामा दुई लाख जरिवाना, खरिद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री

सेन्ट्रल मललाई कालोबजारी गरेकामा दुई लाख जरिवाना, खरिद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री



मोरङ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेकामा बुधबार रु दुई लाख जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति  तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले अनुगमनको क्रममा खरिद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (१) ख बमोजिम उक्त जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए ।

मलले छुटसहितको बम्पर योजना सर्वसाधारणमा प्रचारप्रसार  गरी उपभोक्तालाई भाइमसला काजुमा १११ प्रतिशत मुनाफा राखी बिक्री वितरणको गरेको थियो । कानून अनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो ।

कार्यालयले अनुगमनका क्रममा मलले तिहारमा प्रयोग हुने भाइमसला काजु बजारबाट रु एक हजार १६५ प्रतिकेजी खरिद गरी रु दुई हजार २५० दरले बिक्री वितरण गरेको फेला पारेको थियो । मलले अत्यधिक मुनाफा राखेर काजु बिक्री वितरण गरेको भेटेपछि कारवाहीको दायरामा ल्याएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि बजारमा अनुगमनमा गरेका उनले बताए । मलका व्यवस्थापक गिरिश राठीले थोक बिक्रेताबाट काजु प्रतिकेजी रु एक हजार ८०० मा खरिद गरेकामा सोअनुसार बिलविजक प्राप्त नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्