Logo

दराजबाट डिशहोम खरिद गर्दा २० प्रतिशत छुट, ३ हजारसम्मको डिस्काउन्ट

दराजबाट डिशहोम खरिद गर्दा २० प्रतिशत छुट, ३ हजारसम्मको डिस्काउन्ट



काठमाडौं । अन्तराष्ट्रिय ट्रेण्डलाई हेर्ने हो भने ११.११ अर्थात नोवेम्वर ११ लाई २००९ देखी सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो ।

यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाइनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ । नेपालमा अनलाईन विक्रीसेवा सुरु गरेको अन्तराष्ट्रिय इकमर्स साईट दराजले पनि ११.११ लाई विशेष छुट सहित ग्राहकहरुलाई सेवा दिने गर्दछ ।

दराज अनलाईनमा ११÷११ मा सुरु हुने सेलमा दराज अनलाइनमार्फत डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवा रु ३००० सम्म डिस्काउण्ट प्राप्त हुने छ ।

यो योजना दराज अनलाइमा कार्तिक २६ गतेको राती १२ बजे बाट २४ घण्टाको लागी खुल्ने छ । ग्राहकहरुले डिशहोम, डिशहोम फाईवरनेट तथा डिशहोमका अन्य उपकरणहरु दराजमार्फत अनलाईन अर्डर गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL