Logo

शिवम् सिमेन्ट्सको साधारण सभाबाट २४.२१ प्रतिशतको लाभांश पारित

शिवम् सिमेन्ट्सको साधारण सभाबाट २४.२१ प्रतिशतको लाभांश पारित



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०७६/७७ का लागि कात्तिक २४ गते सोमवार वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा कम्पनीको कर्पोरेट कार्यलय अनामनगरको सभाहल साथै वेबिनार मार्फत सम्पन्न गरिएको थियो ।

कम्पनीे सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको २४.२१ प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने, आ.व. २०७७ ७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतिले पारित गर्ने निर्णय गर्दै ५औं वाषिर्क साधारण सभा सम्पन्न गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL