Logo

कोरोनाले परेन वैदेशिक लगानीमा असर : गत बर्षको तुलनामा २ अर्ब बढी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

कोरोनाले परेन वैदेशिक लगानीमा असर : गत बर्षको तुलनामा २ अर्ब बढी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण



काठमाडौं । चालु आर्थिक बर्ष २०७७÷७८ को असोजसम्म नेपालमा १९ अर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी स्विकृत भएको छ । विश्वलगायत नेपालमा पनि कोरोना महामारीको राम्रै प्रभाव परेपनि वैदेशिक लगानी प्रतिवद्धतामा यसको असर त्यति नपरेको देखिएको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा यो बर्ष नेपालमा वैदेशिक लगानी २ अर्व बढीले बढेको उद्योग विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार गत आर्थिक बर्षको साउन १ गतेदेखि कात्तिक १९ गतेसम्म १७ अर्व २९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएकोमा यो बर्ष सोही अवधिमा बढेर १९ अर्व २ करोड ९० लाख पुगेको हो । जुन गत बर्षको तुलनामा करिव २ अर्वले बढी हो ।

विभागका अनुसार चालु आर्थिक बर्षको साउन १ देखि असोज २५ गतेसम्म मात्रै १९ अर्ब २ करोड ९० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्विकृत भएको हो ।

असोज २५ यता वैदेशिक लगानी प्रतिवद्धता आएको छैन । तर चालु आवको सो अवधिमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी भित्रिएको छ । उक्त क्षेत्रमा विभिन्न ५८ उद्योगमार्फत १ हजार ५ सय १२ जनालाई रोजगारी दिनेगरी १३ अर्ब ८० करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो । यस्तै यो अवधिमा सबैभन्दा बढी लगानी आउने दोस्रो क्षेत्र भने सेवा क्षेत्र रहेको छ ।

उक्त क्षेत्रमा चालु आवको असोज २५ सम्म २५ वटा उद्योगमा १ हजार ३४ जनालाई रोजगारी सिर्जना हुनेगरी ४ अर्व ४० करोड रुपैयाँबराबरको लगानी स्विकृत भएको हो । यस अवधिमा जम्मा ८९ ओटा उद्योगमा २ हजार ८ सय ४६ जनालाई रोजगारी सिर्जना हुनेगरी १९ अर्व बढीको लगानी प्रतिवद्धता आएको हो ।

तर गत बर्षको सोही अवधिमा भने यो बर्षको तुलनामा कम वैदेशिक लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार गत बर्षको सोही अवधिमा अर्थात २०७६ साल साउन १ गतेदेखि कात्तिक १९ गतेसम्म १७ अर्ब २९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । जुन चालु आवको तुलनामा करिव २ अर्बले कम हो । यसरी तथ्यांक हेर्दा चालु आवको सूरुवातिदेखिै नै विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले नेपालको वैदेशिक लगानीमा असर पारेको छैन ।

गत बर्षको सोही अवधिमा पर्यटन र सेवा क्षेत्रमा क्रमशः ४३ र ३४ वटा उद्योगमार्फत ६ अर्ब र ५ अर्व बढीको वैदेशिक लगानी स्विृकत भएको थियो । यी दुई क्षेत्रमा यो बर्ष गत बर्षको तुलनामा दोब्बर बढीले लगानी प्रतिवद्धता बढेको छ ।

यस्तै चालु आवको हालसम्म नेपालमा ६३ अर्व ५० करोड रुपैयाँ बराबरको स्वदेशी लगानीसमेत स्विकृत भएको छ । यो बर्ष स्वदेशी लगानी सबैभन्दा बढी उर्जामुलक क्षेत्रमा प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL