Logo

वर्कसप सफा राख्न गल्फ लुब्रिकेन्टको सहयोग, अटो मेकानिक्स व्यवसायी संघलाई सहयोग हस्तान्तरण

वर्कसप सफा राख्न गल्फ लुब्रिकेन्टको सहयोग, अटो मेकानिक्स व्यवसायी संघलाई सहयोग हस्तान्तरण



काठमाडौं । नेपाल ल्युव आयल–गल्फ लुब्रिकेन्टले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई सहयोग गरेको छ । कोभिड १९ संक्रमणले परेको असरबाट नेपालमा रहेका अटो वर्कसप पनि चपेटामा परेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै केही हदसम्म भएपनि अटो वर्कशपहरु सुरक्षित बनाई कार्य सन्चालनमा सहजता होस् भन्ने हेतुले गल्फ लुब्रिकेन्टले केही सहयोग गरेको जनाएको छ ।

नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयल लिमिटेडको सहकार्यमा वर्कसफ सफाई कार्यक्रमको लागि ५ लिटर क्षमताका २०० प्रति सोडिएम हाइड्रोक्लोराईड र २ लिटरको स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्री नेपाल ल्युव आयल लिमिटेडका डिजिएम दिवाकर मिश्रा एवं मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले हस्तान्त्रण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL