Logo

कर्मचारी सञ्चय कोषको सेवा अनिश्चितकालका लागि बन्द, कोषको सेवा अब ‘ड्रप बक्स’बाट

कर्मचारी सञ्चय कोषको सेवा अनिश्चितकालका लागि बन्द, कोषको सेवा अब ‘ड्रप बक्स’बाट



काठमाडौं । कोरोना संक्रमणका कारण कर्मचारी सञ्चय कोषको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कोषको उपत्यकास्थित कार्यालय र सेवा केन्द्रबाट प्रवाह हुने सेवा शुक्रबार स्थगित गरिएकोमा आइतबारदेखि समेत यसले निरन्तरता पाएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै कोषले भौतिक रुपमा कार्यालयमा उपस्थित भएर दिइने सेवा २ दिनका लागि पूर्ण रुपमा बन्द हुने जनाएको छ ।

मंगलबारदेखि भने यस्तो सेवा ‘ड्रप बक्स’मार्फत् दिने कोषले जनाएको छ । कोष तथा सापटी कट्टीको फाँटवारी संकलन तथा केवाईसी अपडेट भएका ग्राहकले विशेष सापटी, कोष भुक्तानी, सामाजिक सुरक्षा भुक्तानी लगायतका सेवाका लागि ‘ड्रप बक्स’मा निवेदन दिन सक्नेछन् ।

सञ्चयकर्ताले सम्बन्धित निवेदन फाराम वेभसाइटबाट डाउनलोड गरेर त्यसलाई भरी सम्बन्धित कार्यालय परिसरमा राखिएको ड्रप बक्समा छाडिदिन सक्नेछन् । उक्त निवेदनको आधारमा कोषले प्रक्रिया अघि बढाउनेछ । नियमित बचतका लागि भने कोषले अनलाइन भुक्तानीको व्यवस्था यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL