Logo

दसैंका अवसरमा भिभोको उपहार योजना, दुई भाग्यशाली ग्राहकले बम्पर उपहारमा स्कुटर जित्ने

दसैंका अवसरमा भिभोको उपहार योजना, दुई भाग्यशाली ग्राहकले बम्पर उपहारमा स्कुटर जित्ने



काठमाडौं । दसैंको सुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्रान्‍ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो ह्‍यान्डसेटको खरिदमा उपहार योजना ल्याएको छ । यो योजना असोज २३ देखि मंसिर १५ सम्म नेपाल अधिराज्यभरका भिभोको आधिकारीक तथा खुद्रा बिक्री केन्द्रमा लागु हुने जनाइएको छ ।

चाडपर्वका अवसरमा भिभो नेपालले हरेक भिभो ह्‍यान्डसेटहरुको खरिदमा निश्चित उपहार प्रदान गर्ने योजना ल्याएको हो । १५ हजार रुयैयाँमाथिको भिभो ह्यान्डसेटको खरिदमा विनालागत समान मासिक किस्ता र शून्य अग्रिम भुक्तानीजस्ता योजना ल्याएको जनाएको छ ।

दसैंको यो विशेष लक्की ड्रमार्फत १२ हजार बढी भाग्यशाली भिभोका ग्राहकहरुलाई ४३ इन्चको स्मार्ट टीभी, इएरबड, पावर ब्यांक, स्क्रिन प्रतिस्थापना, इएरफोनलगायत अन्य उपहार जित्न सक्ने जनाएको छ । दुई भाग्यशाली ग्राहकहरुले बम्पर उपहारमार्फत १२५ सीसीको टीभीएसको एनटर्क स्कुटर जित्ने कम्पनीले जनाएको छ ।

भिभो नेपालका कार्यकारी प्रमुख मार्सले यो योजना चाडपर्वको अवधिभर मान्य रहने र ग्राहकलाई खुसी पार्ने उत्तम अवसर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL