Logo

बिगमार्टमा ई-सेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट, यसरी लिन सकिन्छ छुट

बिगमार्टमा ई-सेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट, यसरी लिन सकिन्छ छुट



काठमाडौं । बिगमार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने योजना पूनः सूचारू भएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निषेधाज्ञा हटेसँगै यो योजना पूनः सूचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहनेछ ।

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजनाअनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा ई–सेवा तथा फोनपेबाट (मोबाइल बैंकिङ्ग) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम रू ३ सय सम्म पाइनेछ ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् । ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL