Logo

सिटी एक्सप्रेसको चाडपर्व लक्षित ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १०,००० हातमा’ योजना सार्वजनिक

सिटी एक्सप्रेसको चाडपर्व लक्षित ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १०,००० हातमा’ योजना सार्वजनिक



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै नयाँ योजना सार्वजानिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १०,००० हातमा’ उपहार योजना घोषणा गरेको हो ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १०,००० हातमा’ नामक यो अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यो उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागू हुने सिटी एक्प्रेसले जानकारी दिएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ । कम्पनीले यसअघिको दशैमा पनि यस्तै ग्राहकमुखि योजना ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL