Logo

टिसिएल विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित, नेपालमा पनि लोकप्रिय

टिसिएल विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित, नेपालमा पनि लोकप्रिय



काठमाडौं । विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल टिसिएल ब्राण्डका घरायसी सामाग्रीको आधारमा यसपटक फेरि टिसिएल टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।

नेपालमा पनि टिसिएल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो छ । नेपालमा टिसिए ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सरलगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.मार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ ।


टि.सि.एल.ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भइसकेको छ । टि.सि.एलका २३ वटा आर.एण्ड.डि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो व्यापार विस्तार गरिसकेको छ ।

विश्वमा टि.सि.एल. ब्राण्डको मूल्याङकन २००७ मा ४०.१३६ अर्ब आर.एम.वि.रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्ब आरएमवि पुगेको छ । टि.सि.एल.ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ ।


टि.सि.एल.टिभी सन् १९८१ मा सुरुवात गरेको पाईन्छ । आई.एच.एस. पछिको २०१६ मानै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टि.सि.एल. ब्राण्डका टि.भी. २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ । क्यु २, २०२० मा मार्केट सेयर को आधारमा टि.सि.एल. ग्लोबल टप २ टिभी ब्राण्ड बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL