Logo

सिप्लाले उत्पादन गरेको रेम्डेसिभिर नेपालमा, कोभिड–१९ उपचारका लागि प्रभावकारी

सिप्लाले उत्पादन गरेको रेम्डेसिभिर नेपालमा, कोभिड–१९ उपचारका लागि प्रभावकारी



काठमाडौं । येटिचेम वितरक प्रालिले नेपालमा रेम्डेसिभिरको पहिलो ब्याचको घोषणा गरेको छ । येटिचेम वितरकले नेपालमा पहिलोपटक रेम्डेसिभिर ल्याएको हो ।

भारतको औषधि निर्माता कम्पनी सिप्लाले बनाएको कोभिड–१९ उपचारका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि ‘सेप्रिम’ ब्रान्डमा नेपाल आएको हो । रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इन्जेक्सन–१०० एमजी येटिचेमले नेपाल ल्याएको हो । कम्पनीलाई सरकारले कोभिड(१९ उपचारको प्रतिबद्धताको तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको छ ।

भारतबाट आएको ४८० सिसाको पहिलो ब्याच प्रतिसिसी ६ हजार ४ सय रुपैयाँमा उपल्ब्ध हुने बताइएको छ । येटिचेमले २ सय सिसाका लागि अनुमति पाएको छ ।

औषधि तीन ब्याचमा उपलब्ध हुनेछ । ४८० सिसाको दोस्रो ब्याच १० सेप्टेम्बरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । बाँकी १४० सिसा २५ सेप्टेम्बरमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL