Logo

वाई वाई ‘ग्लोकल टिन हिरो नेपाल’ भर्चुअली आयोजना गरिँदै, आवेदन खुल्यो

वाई वाई ‘ग्लोकल टिन हिरो नेपाल’ भर्चुअली आयोजना गरिँदै, आवेदन खुल्यो



काठमाडौं । ग्लोकल टीन हीरो नेपाल, २०२० को आवेदन खुलेको घोषणा गरिएको छ । मंगलवार उक्त कार्यक्रमको घोषणा गरिएको हो ।

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो ।

यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोर किशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको जनाइएको छ । यतिमात्र नभएर किशोर किशोरीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्ने लक्ष कार्यक्रमण लिएको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार लक्ष समेत रहेको प्रालिले जनाएको छ ।

यो नेपालमा २०१५ बाट सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट एकजना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ७५ जनालाई सम्मानित गरिएको छ ।

डिसेम्बर १२ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ ।

ग्लोकल प्रा ली का संस्थापक आशिष ठाकुर भन्छन् “ महामारीको बीचमा, यस बर्षको ग्लोकल टीन हीरो कार्यक्रम डिजिटल भइरहेको छ । कार्यक्रमको गति राख्दै र डिजिटल प्रबिधी को उपयोग सगै किशोर किशोरिहरुको प्रतिभा प्रस्फुट्न एवम उनिहरुको उपलब्धिहरू पहिचान गर्न यसले महत्वपूर्ण भूमिका निर्बाह गर्नेछ ।”

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://nepal.glocalteenhero.com मार्फत आबेदन भर्न सक्ने छन ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL