Logo

रेडमी इयरफोन बजारमा उपलब्ध, हाइ–रेस प्रमाणित इयरफोनको मूल्य ७ सय ४९ मात्र

रेडमी इयरफोन बजारमा उपलब्ध, हाइ–रेस प्रमाणित इयरफोनको मूल्य ७ सय ४९ मात्र



काठमाडौं । शाओमीले रेडमीको ‘फोन प्लस रणनीति’लाई अगाडि बढाउँदै नेपालमा रेडमी इयरफोनको घोषणा गरेको छ । रेडमी अडियो श्रेणी लाइनअपमा इयरफोन नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो ।

शाओमी नेपालले गत वर्षदेखि आफ्नो फोन प्लस रणनीतिको अंशको रुपमा अडियो श्रेणीमा प्रवेश गरेको छ । इकोसिस्टम उत्पादनको फोर्टफोलियो इकोस् अन्तर्गत ब्रान्डले यसअघि मी ट्रु वायरलेस इयरबड्स, मी इन—इयर हेडफोन बेसिक र मी इयरफोन सार्वजनिक गरिसकेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार हाइ–रेस प्रमाणित रेडमी इयरफोन मी फ्यान र प्रयोगकर्तालाई विभिन्न श्रेणीका उत्पादनको अनुभव प्रदान गर्ने प्रतिबद्धतामा अर्को चरण हो ।

हाई(रेस अडियोद्वारा प्रमाणित रेडमी इयरफोनले अधिक प्राकृतिक र यर्थाथपरक सुन्ने अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यसको १० एमएम ध्वनी ड्राइभरले गतिशील बेस, स्पष्ट कण्ठ र परिष्कृत ट्रेबल ल्याउँदछ । रेडमी इयरफोनले ह्यान्डस्—फ्री कलिङ सुविधाका लागि इन—लाइन—माइक पनि प्रदान गर्छ ।

यसको मल्टी फंक्सनले इयरफोनबाट कल र गीत नियन्त्रण सक्षम गर्दछ । रेडमी इयरफोन उच्च गुणस्तरको सुक्ष्म आल्मुनियम धातुबाट तयार गरिन्छ र सिलिकन इयरप्लगको साथ आउँछ ।

यी इयरफोन ३.५ एमएम मापदण्डमा आधारित छन् र यसमा १.२५ मिटर लामो केबलको विशेषता छ । रेडमी इयरफोन कालो, निलो र रातो रंगमा उपलब्ध हुनेछ । यसको मुल्य ७ सय ४९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL