Logo

लिबर्टी इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, आवेदकले १० देखि ४० कित्तासम्म पाउने

लिबर्टी इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, आवेदकले १० देखि ४० कित्तासम्म पाउने



काठमाडौं । लिबर्टी इनर्जीले निष्कासन गरेको प्राथमिक धितोपत्र (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालयमा हुने बाँडफाँड आज मध्याह्‍न १२ बजे बताइएको छ ।

भदौ ३ गतेदेखि ७ गतेसम्म निष्कासन गरेको आईपीओ आवेदन दिएका १ लाख ८८ हजार ३७३ आवेदकलाई बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस। क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओे १० देखि ३० कित्तासम्म आवेदन दिनेले मागेजति पाउने तथा ३० देखि १५ हजार कित्तासम्मका लागि आवेदन दिनेले पनि न्यूनतम ३० कित्ता र २५ हजार ६२० आवेदकले भने गोलाप्रथाबाट थप १० कित्ता गरेर ४० कित्ता सेयर पाउने बिक्री प्रबन्धकले जनाएको छ ।

१० देखि ३० कित्तासम्म माग गर्नेलाई मागेजति दिने तथा ४० देखि १५ हजार कित्ता माग गर्नेलाई पनि १० कित्ता बाँडफाँड गरेपछि २ लाख ५६ हजार २०० कित्ता बाँकी रहने र उक्त सेयर गोलाप्रथाबाट २५ हजार ६२० जनालाई थप १० कित्ताका दरले बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि भदौ ४ देखि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL