काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत भएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको कारोबार सुरु भएको छ ।
बुधबार प्रि–ओपनिङ सेसनमा ३ सय ६ रुपैयाँमा कम्पनीको सेयर पहिलो कारोबार भएको छ ।
भदौ ९ गते मंगलबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयरले प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसासम्मको ओपनिङ रेन्ज पाएको थियो ।
कम्पनीको सेयरमूल्य बढेर ३३६ रुपैयाँ पुगिसकेको छ । कम्पनीको सेयर माग उच्च भएपनि तर बिक्री अर्डर भने शून्य छ ।