Logo

नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर टेस्ट सेवा सुरु, दैनिक करिब ८ सय बढीको टेष्ट गर्न सक्ने

नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर टेस्ट सेवा सुरु, दैनिक करिब ८ सय बढीको टेष्ट गर्न सक्ने



काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा पीसीआर टेस्ट सेवा सुरु भएको छ । विश्वमा उत्कृष्ट पीसीआर, जिन एक्सट्राक्टरलगायत भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा गोपी अर्यालले बताए ।

विगत केहि महिनादेखिको प्रयासपछि सफल रुपमा जडित पीसीआर टेस्ट मेसिन र टेस्ट प्रक्रियालाई नेपाल सरकारले मान्यता प्रदान गरेको छ ।

पीसीआर टेस्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न भनिएको अस्पतालले जनाएको छ । स्वाब संकलन गरिएको चौबीस घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख अर्यालले बताए । ओपिडीमार्फत आउने र भर्ना भएका बिरामीका लागी पीसीआर टेस्ट गर्ने संयन्त्र फरक रहेको पनि बताए ।

साथै, विदेशी नियोग, वैदेशिक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पीसीआर टेस्ट गरिरहेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL