Logo

‘ओपो फाइण्ड एक्स टू प्रो’ले जित्यो इआइएसए एड्भान्स्ड स्मार्टफोन २०२०र२०२१ अवार्ड

‘ओपो फाइण्ड एक्स टू प्रो’ले जित्यो इआइएसए एड्भान्स्ड स्मार्टफोन २०२०र२०२१ अवार्ड



काठमाडौं । यूरोपियन इमेज एण्ड साउन्ड एसोसिएशन ९इआइएसए०ले ओपो फाइण्ड एक्स टू प्रोलाई ‘इआइएसए एडभान्स्ड स्मार्टफोन २०२०र२०२१’ उपाधि प्रदान गरेको छ । इआइएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरु समावेस एक समुह हो ।

‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइण्ड एक्स टू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ । टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन अझ विशेष छ । यसले प्रयोगकर्तालाई तिनका दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ । प्रिमियम प्रतिस्पर्धा भन्दा धेरै माथि यो ओपोको हालसम्म कै सर्वोत्कृष्ट स्मार्टफोन हो’, इआइएसएले उल्लेख गरेको छ ।

ओपो वेस्टर्न यूरोपकाअध्यक्षम्यागी छ्यूले भने, ‘इआइएसएद्वारा पहिलो पटक ओपो फाइण्ड एक्स टू प्रोका लागि यो अवार्ड पाउँदा हामी निकै गौरवान्वित छौँ । हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइन लगायत हरेक पक्षमा निरन्तर नवप्रबर्तन पस्कने प्रयासमा छौँ । स्पष्ट, सहज र ब्यवसायिक ओपो फाइण्ड एक्स टू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभवलगायतलाई फाइभजी यूगका लागि नयाँ प्रस्तुति पस्केको छ ।’

ओपो फाइण्ड एक्स टू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२० एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी ं एमोलेड स्क्रिन जडान छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणाली पनि उपलब्ध गरिएको छ । यसमा सुसज्जित फ्ल्यागशिप क्वालकम९आर० स्न्याप ड्रागन९टीएम० ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम९आर० स्न्याप ड्रागन९टीएम० एक्स५५ फाइभजी मोडेम९आरएफ प्रणालीका साथमा ६५वाट सुपरभोक २।० फ्ल्याश चार्ज ९ओपोद्वारा डिजाइन तथाविकास गरिएको०ले प्रयोगकर्तालाई नौलो तथा उत्साहजनक अनुभव प्रदान गर्छ ।

इआइएसए मल्टिमिडिया प्रविधिका विशेषज्ञहरुको विश्वकै बृहत्त स्वतन्त्र सहकार्य हो । यसले कञ्जुमर ईलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्छ । विगत ४० बर्षदेखि इआइएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदानगर्दै आइरहेको छ ।

२९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन(कार र मोबाइल ईलेक्टोनिक्स म्यागेजिन र वेभसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले इआइएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् । यसमा सम्मिलित विशेषज्ञ टोलीले स्वतन्त्ररुपमा काम गरेता पनि इआइएसएको छत्रअन्तर्गत सहकार्य गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL