Logo

भेन्टिलेटर अभियानलाई फोन पेको सहयोग, सय दिनमा हजार भेन्टिलेटरको लक्ष्य

भेन्टिलेटर अभियानलाई फोन पेको सहयोग, सय दिनमा हजार भेन्टिलेटरको लक्ष्य



काठमाडौं । सरकारलाई सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने नेपाल भेन्टिलेटर बैंकको अभियानमा फोन पे पेमेन्ट सर्भिस लिमिटेडले सहयोग गरेको छ ।

अभियानअन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार १ रुपैयाँ छुट्याइने बताइएको छ । संकलित रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ ।

हरेक कारोबारमा १ रुपैयाँ छुट्याउने सम्झौतापत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरेका हुन् । अभियान भदौ १ गतेदेखि एक महिनासम्म लागु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL