काठमाडौं । सरकारले अन्तशुल्क इजाजतपत्र नविकरण गर्ने म्याद असोज मसान्तसम्म थपेको छ । साउन मसान्तभित्रै नविकरण गरिसक्नुपर्ने उक्त ईजाजतपत्रको म्याद असोज मसान्तसम्म सारिएको हो । असोज ३० गते बसेको अर्थमन्त्रिस्तरिय बैठकले उक्त निर्णय गरेको हो ।
पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण र यसले निम्त्याएका विभिन्न परिस्थितीका कारण सरकारले अन्तशुल्क ईजाजत नविकरण गर्ने म्याद थपिएको हो ।