Logo

लकडाउनका कारण उत्पादन र बिक्रीवितरण प्रभावित हुँदा शिवम् सिमेन्टको नाफा घट्यो

लकडाउनका कारण उत्पादन र बिक्रीवितरण प्रभावित हुँदा शिवम् सिमेन्टको नाफा घट्यो



काठमाडौं । शिवम् सिमेन्टको नाफा घटेको छ । शिवम् सिमेन्टको नाफा अघिल्लो वर्षको भन्दा ३०.१२ प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । शिवम‍‍्को सिमेन्ट बिक्रीबाट हुने आम्दानी ११ अर्ब ३४ करोड रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा झरेको छ । यसले सिमेन्टको नाफा प्रभावित भएको छ ।

कम्पनीलेले अघिल्लो वर्ष यस कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । लकडाउनका कारण उत्पादन र बिक्रीवितरण प्रभावित हुँदा सिमेन्ट बिक्रीमा कमी आएको हो । शिवमको अन्य स्रोतबाट १ करोड ३१ लाख रुपैयाँ कमाइ भएको छ । अघिल्लो वर्ष १ करोड ३७ लाख रुपैयाँ अन्य स्रोतबाट कमाई भएको थियो

हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण नियमित उद्योग सञ्चालन हुन नसक्दा कारोबार प्रभावित भएको र उत्पादन तथा बिक्री वितरण लगायतका कार्यहरुमा असर परेको कम्पनीको भनाइ छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सेयर प्रिमियम शीर्षकमा ९४ करोड रुपैयाँ छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा रहेको पैसा बोनस वितरणमा खर्च गर्न सकिन्छ ।

यस अवधिमा कम्पनीको बिक्री लागत ६ अर्ब ४७ लाख हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०६ पैसा (वार्षिक) रहेको शिवमको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ४३ पैसा छ । शिवमले सहायक कम्पनीहरुमा ३ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL