Logo

न्युरोडका एक व्यापारीमा कोरोना देखिएपछि सुनसान न्यरोड क्षेत्र

न्युरोडका एक व्यापारीमा कोरोना देखिएपछि सुनसान न्यरोड क्षेत्र



काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ। व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो।

शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालयले विज्ञप्ती जारी गर्दै भनेको छ । न्यूरोड क्षेत्रमा लकडाउन गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न विज्ञेप्तीमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्
MBL