Logo

डिशहोमको ‘डिलर दाईको डिस्काउन्ट अफर’ का यो हप्ताका विजेता घोषणा, दुई जनाले पाए १–१ लाख

डिशहोमको ‘डिलर दाईको डिस्काउन्ट अफर’ का यो हप्ताका विजेता घोषणा, दुई जनाले पाए १–१ लाख



काठमाडौँ । डिशहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफर अन्तर्गत लक्की ड्र मार्फत दुई जना भाग्यशाली विजेता छनौट भएका छन् ।

असार श्रावण २ गतेदेखि ८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर गरिएको लक्की ड्र मा दुई जना विजेता छानिएको हो । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको च्यानल नम्बर १०० र १०१ तथा रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् ।

यो योजना अनुसार हरेक विजेताले प्रतिव्यक्ति एक लाख नगद प्राप्त गर्ने छन् । यो योजना अनुसार श्रावण ९ गते भएको लक्की ड्रमा डिसहोम सेटअप बक्सको कास आइडी नम्बर ७१९०६३०६९१६ र ०२५१९२४९९०९ विजेता बन्न सफल भएका छन् ।

डिसहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफर व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएको छ ।

२०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो । डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफरवाट बार्षिक रिचार्ज गर्दा विकली लक्की ड्रमा सहभागी हुन पाईनेछ ।

यो योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रु १,००,००० ९एक लाख० नगद प्राप्त गर्नु हुनेछ । फन्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विकली लक्की ड्रमा सहभागी गराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL