Logo

दराज र ईसेवाले ल्याए १ रुपैयाँमा आईफोन जित्ने मौका, यसरी हुन सकिन्छ सहभागी

दराज र ईसेवाले ल्याए १ रुपैयाँमा आईफोन जित्ने मौका, यसरी हुन सकिन्छ सहभागी



काठमाडौ । अनलाइन बजार दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले केवल १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक वानरुपी गेम अवसर लिएर आएका छन् ।

भाग लिनको लागि ग्राहकहरूले दराजमा आइफोन रुपी १ प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमा ईसेवाबाट भुक्तानी गरि अर्डर गर्न पर्ने हुन्छ।

अफर साउन ७ देखि १२ ९जुलाई २२ देखि २७० सम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ (जुलाई ३१) मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ । विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन् ।

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ (जुलाई २७ देखि अगस्ट ३) सम्म चल्ने दराज महाबचत बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेवा मार्फत पैसा तिर्दा २० प्रतिशत देखि १००० रुपैयाँ सम्मको छूट पाउनेछन् । ग्राहकहरूले दराज महाबचत बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।

“गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्य मार्फत ग्राहकहरुकोलागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्प को रुपमा विकास गर्ने छ।” दराज प्रबन्ध निर्देशक, लिनो अलरिंगले भने ।

वान रुपी गेम अन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर।यस अभियान र दराजमा ईसेवा मार्फत पैसा कसरी तिर्ने भन्ने बारे थप जान्नको लागि कृपया दराज वा ईसेवा एपमा हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL