Logo

सूर्य नेपालद्वारा कोभिडबिरुद्ध लड्न ७ प्रदेशलाई ७ करोड सहयोग

सूर्य नेपालद्वारा कोभिडबिरुद्ध लड्न ७ प्रदेशलाई ७ करोड सहयोग



काठमाडौँ । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा।लि।ले कोरोना विरुद्ध लडाईमा सहयोग पुयाउन नेपालका सातवटै प्रदेशलाई एक–(एक करोडको दरले कूल ७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले जनाएअनुसार, सूर्य नेपालका भाइस प्रेसिडेण्ट–कर्पोरेट, रवि केसीले एक करोडका दरले रकम प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक समारोहबीच चेक हस्तान्तरण गरेका छन् । यसै गरी सूर्य नेपालका तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई १ करोडको चेक हस्तान्तरण गरेका छन् ।

साथै बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ । सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश १ : प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ स् कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, जनकपुर, बागमती प्रदेश : बागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष, हेटौंडा, गण्डकी प्रदेश स् कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष, बुटवल, कर्णाली प्रदेश : प्रदेश विपद् व्यवस्थापन कोष, विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशः कोरोनाभाइरस ९कोभिड–१९० नियन्त्रण तथा उपचार कोष, धनगढीलाई १ करोड सहयोग बापत प्रदान गरिनेछ ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोना भाइरसविरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको रहेको छ । सूर्य नेपाल प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघिपनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

सूर्य नेपाल प्रा।लि।ले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैव तत्पर रहँदै लकडाउनको जटिल अवस्थामा पनि कोभिड प्रभावित जनतालाई राहत उपलब्ध गराउन बारा, पर्सा र तनहुँ जिल्लाका नगरपालिका तथा विभिन्न वडाहरुमा सहयोग प्रदान गरेको थियो । आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्