काठमाडौं । बितेका वर्षहरुमा अमेरिकोको एक स्थापित ब्राण्ड लिभोनले केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल भएको छ र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ ।
लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु अब नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरमसँगसँगै अत्यन्त सुलभ मूल्यमा उपलब्ध भैसेकका छन् ।
नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजना संचालन गरेको छ । यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।
यो योजनामा लिभोनका उपभोक्ताहरुले अत्यधिक अभिरुची राखेर सहभागीता जनाएका छन् र र शनिबार आयोजित विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेका थिए । जसअनुसार यो महिनाको लागि ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ को यामाहा फेसिनो बाइक विजेता कुपन नं ३३४० बाट कपन निबासी निशा सुनुवार बनेकी छन् । उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहनेछ । कमपनीले एक जिम्मेवार एवं उत्तरदायी संस्था भएको नाताले लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो, ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकाँक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेन रहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध रहेको पनि कम्पनीले जनाएको छ् ।