Logo

साओमीको रेड्मी नोट नाइन नेपालमा, ४८ मेगा पिक्सेल क्यामरा तथा ५०२० एमएच क्षमताको ब्याट्री

साओमीको रेड्मी नोट नाइन नेपालमा, ४८ मेगा पिक्सेल क्यामरा तथा ५०२० एमएच क्षमताको ब्याट्री



काठमाडौं । नेपालमा साओमीको रेड्मी नोट नाइन सार्वजनिक भएको छ । साओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा उक्त फोन ल्याएको हो ।

नोट ९ सिरिजमा सार्वजनिक गरिएको कम्पनीको यो दोस्रो स्मार्टफोन भएको बताइएको छ । हालै सार्वजनिक भएको रेड्मी नोट नाइन प्रोका साथै नयाँ रेड्मी नोट स्मार्टफोन लाइनअपले फ्ल्यागशिप मूल्यका अन्य ब्राण्डलाई चुनौती दिने साओमी नेपालको दाबी छ ।

यसलाई अत्याधुनिक डिजाइन र नवीन प्रविधिको फोनको रुपमा हेरिएको छ । नेपालमा नोट नाइन सिरिजका अर्को स्मार्टफोन सार्वजनिक गर्न पाउँदा आफूहरु निकै उत्साहित रहेको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।

फोनमा ५०२० एमएएच क्षमताको ब्याट्री, ४८ एमपी क्यामेरा र मिडियाटेक हेलियो जी ८५ प्रोसेसर रहेको छ । ब्याट्री, क्यामरा तथा प्रोसेसरका आधारमा रेड्मी नोट नाइन रेड्मी नोट लाइनअपकै उत्कृष्ट फोन रहेको कम्पनीले जनाएको छ ।

एमआईका प्रयोगकर्ताले नयाँ उत्पादन मन पराउनेमा आफूहरु आशावादी रहेको कोठारीको भनाइ छ । फोनमा रहेको मिडियाटेक हेलियो जी ८५ प्रोसेसरले रेड्मी नोट नाइनलाई नयाँ चिपसेट फिचर गर्ने विश्वकै पहिलो स्मार्टफोन बनाएको कम्पनीको दाबी छ ।

चार वटा क्यामेरा सेटअप रहेको यो फोनमा फोटोग्राफी तथा भिडियो ग्राफीका लागि ४८ एमपी क्वाड क्यामेरा राखिएको छ । मूख्य क्यामेरासँगै आठ एमपी अल्ट्रा वाइड—एंगल लेन्स रहेको यो फोनमा दुई एमपी म्याक्रो लेन्स र दुई एमपीकै डेप्थ सेन्सर रहेको छ ।

क्वाड क्यामेरा सेटअपले सबै एंगलबाट सुन्दर तस्वीर खिच्न सकिन्छ । सेल्फीका लागि डिस्प्लेमै १३ मेगापिक्सेल क्यामेरा राखिएको रेड्मी नोट नाइनबाट सिनेम्याटिक पोट्रेट र भिडियो मोडबाट प्रयोगकर्ताले २।३९ः१ एसपेक्ट रेसियोको फोटो तथा भिडियो खिच्न सक्ने कम्पनीले बताएको छ ।

विभिन्न ६ क्यालिडोस्कोप अप्सनका साथ आएको यो फोनबाट छिट्टै फोटो शुट गर्न तथा एकै पलमा आकर्षक भिडियो खिच्न सकिन्छ । साथै, फोनमा रहेको डकुमेन्ट मोडले स्मार्टफोनलाई नै खल्ती आकारको स्क्यानरमा समेत रुपान्तरण गर्न सकिन्छ । यो फोन खरिद गर्दामा २२।५ वाटको फास्ट चार्जरसमेत पाउन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फोनको डिस्प्लेमा कर्निङ गोरिला ग्लास फाइभले सुरक्षा प्रदान गरिएको छ । इमर्सिभ ६.५३ इञ्च डट डिस्प्ले रहेको यो फोन झट्ट हेर्दा आकर्षक देखिन्छ
यसमा ३।५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर जस्ता विशेषतासमेत समावेश छन् ।

यो फोनमा लामो समयसम्म हेर्दा समेत आखाँलाई कुनै असर नपर्ने गरी टीयूभी रेहनल्याण्ड कम ब्लू लाइट सर्टिफिकेशनसमेत राखिएको छ । पाली बजारमा रेड्मी नोट नाइनको मूल्य २२,९९९ रुपैयाँ राखिएको छ । नेपाली बजारमा चार जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रेड्मी नोट नाइन मिडनाइट ग्रे र फरेस्ट ग्रीन कलरमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्