Logo

निम्बस बजारको अनलाइन सपिङ सेवा वीरगञ्जमा पनि, सुरक्षित तरिकाले डेलिभरीको व्यवस्था

निम्बस बजारको अनलाइन सपिङ सेवा वीरगञ्जमा पनि, सुरक्षित तरिकाले डेलिभरीको व्यवस्था



काठमाडौं । निम्बसले आफ्नो अनलाइन सपिङ सेवालाई काठमाडौं बाहिर विस्तार गरेको छ। खाद्य उत्पादन तथा व्यापारमा सहभागी व्यावसायिक समूह निम्बसले कोरोना महामारीको अवधिमा सुरु गरेको निम्बस बजारको सेवा अब बिरगञ्जमा पनि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।

सुरुवातको एक महिनाभित्रै काठमाडौंमा राम्रो प्रतिक्रिया पाएपछि बाहिर पनि सेवा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ। उपभोक्ताका लागि सहज वस्तु उपलब्धताका लागि सेवालाई अझै परिस्कृत गर्दै जाने निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए।

ग्राहकले अर्डर गरेको सामग्री सुरक्षित तरीकाले डेलिभरीको व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL