Logo

मदिरा व्यवसायीको गुनासो : सरकारले हामीलाई पक्षपात गर्यो, निश्चित मापदण्डमा पसल खोल्न पाउनुपर्छ

मदिरा व्यवसायीको गुनासो : सरकारले हामीलाई पक्षपात गर्यो, निश्चित मापदण्डमा पसल खोल्न पाउनुपर्छ



काठमाडौं । मदिरा व्यवसायीहरुले लकडाउनका बेला आफ्ना पसलहरु हप्तामा केही दिन भएपनि खोल्नका लागि अनुमति दिन आग्रह गरेका छन् । पछिल्लो समय विश्वभर फैलिएको महामारीका कारण पछिल्लो करिव १ महिनादेखि नेपाल लकडाउनमा छ । यस्तो बेलामा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएका छन । तर सरकारले अत्यावश्यक सेवा मानिएका खाद्य, खुद्रा सामानका पसलहरु खुला गरेको छ ।

यही मौकामा खाद्य खुद्रा पसलहरुले मदिरा बेच्ने गरेको भएपनि मदिरा पसललाई भने खोल्नका लागि अनुमति नदिएको मदिरा व्यवसायी संघ काठमाडौंका अध्यक्ष गोविन्दप्रसाद बरालले जानकारी दिए । बरालका अनुसार हाल किराना पसल तथा विभिन्न डिपार्टमेन्टल स्टोरहरुले भटाभट मदिरा पदार्थ अवैधानिक रुपमा बेचेपनि सरकारले यसमा ध्यान दिएको छैन ।

मदिरा व्यवसायका पसलहरु हप्तामा प्रतिदिन खोल्न नदिएपनि कम्तिमा हप्तामा २ दिन निश्चित समय तोकेर खोल्न दिनुपर्ने उनको धारणा छ । ‘सरकारले अत्यावश्यक सेवाबाहेकका पसलहरु बन्द गरेकोमा हाम्रो पनि सहमति छ,’ उनले भने, ‘तर अवैधानिक रुपमा मदिरा बेच्नेलाई निगरानी गरी हाम्रो रोजीरोटीको बारेमा पनि सरकारले बुझिदिनुपर्याे ।’

यस्तै उनले कोरोना भाइरसका कारण ब्यापार व्यवसाय चौपट भयकोले कम्तिमा लकडाउन अवधी भरको बैंकको ब्याज पनी मिनाह गर्नका लागि सरकारसमक्ष माग गरेका छन् । समस्या सबैलाइ भएको तर ब्यापारी लाइ मात्र मर्का पर्ने र बैंक जोगिने अवस्था हुन नहुने उनको भनाई छ ।

सरकारले अत्यावश्यक सेवामा भिड नलाग्ने र मदिरामा मात्रै भिड लाग्ने जसरी मदिरा पसललाई मात्रै कडी लगाएको उनको आरोप छ । सरकारले सबै नेपालीको बारेमा सोच्नुपर्ने उनको धारणा छ । पछिल्लो समय लकडाउन पछि अत्यावश्यक सेवा मानिएका खानेपानी, तरकारी, खाद्य तथा खुद्रा सामानका पसलहरु भने खुल्ला गरिएका छन । तर खुद्रा तथा खाद्य पसलहरुले अवैधानिक रुपमा मदिरा बेचिरहेका छन् । यस्तै डिपार्टमेन्ट स्टोरहरुले पनि लुकिछिपी मदिरा पदार्थ बेचिरहेका छन् ।

यस्तै सरकारले अन्य पसलमा भएको मदिरा विक्रीलाई निगरानी नगर्ने र मदिरा पसललाई मात्रै अपहेलना गरेजसरी खोल्न नदिएको व्यवसायीहरुको गुनसो रहेको छ । ‘हाम्रो पनि पसलमा करोडौं लगानी गरेका छौं,’ उनले भने, ‘त्यसैले हाम्रो लगानीको पनि रक्षा गर्नु राज्यको दायित्व हो ।’

यसरी सरकारले मदिरालाई पक्षपाती ढंगले हेर्दा सम्पुर्ण मदिरा व्यवसायीहरु मर्कामा परेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL