Logo

कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि चन्द्रगिरी हिल्सले गर्यो आजदेखि चन्द्रगिरी केवलकार र रिसोर्ट बन्द

कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि चन्द्रगिरी हिल्सले गर्यो आजदेखि चन्द्रगिरी केवलकार र रिसोर्ट बन्द



काठमाडौं । बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीकोृ जोखिम न्यूनीकरणका लागि चन्द्रगिरी हिल्सको केवलकार आजबाट केही दिनका लागि बन्द हुने भएको छ।

आइतबारदेखि चन्द्रगिरी हिल्सको केवलकार र रिसोर्ट केही दिनका लागि बन्द गर्न लागेको हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकार िदिए । सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजक हुनु पर्ने भन्दै हिल्सको बोर्डको निर्णय अनुसार केही दिनको लागि केवलकार बन्द हुने उनले जानकारी दिए ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै अतिआवश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएका थिए ।

‘अस्ति सरकारले अतिआवश्यक सेवाबाहेकका अन्य बन्द गर्न निर्देशन दिएसँगै हामीले पनि बन्द गर्न लागेका हौं,’ शाहले भने, ‘अर्को निर्णय नभएसम्म बन्द रहने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL