काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना विक्रेता सदस्यहरुलाई आफुले बेचेका सिलिण्डरको तथ्याङ्क राख्न अनुरोध गरेको छ । पछिल्लो समय ग्यासको अभाव फैलिएको हल्लाका कारण कृत्रिम अभाव सिर्जना भएको भन्दै ग्राहकले कति ग्यास लिए कति कति मौज्दात छ लगायतको तथ्याङ्क राख्न अनुरोध गरेको हो ।
यस्तै संघले हाल नयाँ सिलिण्डर बेच्न पुर्ण प्रतिवन्ध लगाईएको र यसो नगर्न समेत अनुरोध गरेको छ । पछिल्लो समय बजारमा ग्यासको अभाव हुन नदिन सरकारले नै नयाँ सिलिण्डर नबेच्न विक्रेताहरुलाई निर्देशन दिएको छ ।