Logo

श्रेष्ठ डाबर प्रोस्टाइलको ब्रान्ड एम्बेसडरमा नियुक्त, म्यानहन्ट इन्टरनेशनलमा जितेका थिए मिस्टर पर्सनालिटीको उपाधि

श्रेष्ठ डाबर प्रोस्टाइलको ब्रान्ड एम्बेसडरमा नियुक्त, म्यानहन्ट इन्टरनेशनलमा जितेका थिए मिस्टर पर्सनालिटीको उपाधि



काठमाडौं । प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेशनलको २९ औ संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन् ।

डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख उपेन्द्र प्रधान र मार्केटिङ्ग प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धीकालागि बधाई दिनुका साथै सम्मान प्रदान गरेका छन् सोही कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेर एम.ओ.यु.मा हस्ताक्षर गरेका छन् ।

श्रेष्ठले प्रतियोगिताको अनुभवहरु सुनाउँदै आफूले ३५ देशका प्रतियोगीहरु मध्ये यो उपाधि जित्दा आफुलाई गर्व महसुस भएको कुरा बताए । उनले आफूलाई यस यात्रामा साथदिने सबै जनामा कृतज्ञता ज्ञापन गरेका छन् । यसका साथै डाबर नेपाललाई निरन्तर साथ र अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मौका प्रदान गरेकोमा आभार प्रकट गरेका छन् ।

विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले संयुक्त रुपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सञ्चालन गर्दै आएका छन् । यस वर्षको म्यानहन्ट इन्टरनेशनल नेपालको सातौ संस्करणमा पनि प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर्ससंग संयुक्त रुपमा सञ्चालन गर्न लागेको छ । यस कार्यक्रमको फिनाले यही आउँदा १२ चैत्र २०७६ मा हुन गई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्