Logo

कोका-कोलाको ग्लोबल पहल, ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्य

कोका-कोलाको ग्लोबल पहल, ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्य



काठमाडौं । बोटलर्स नेपाल लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले आफ्नो ग्लोबल पहल ५बाइ२० को हिस्साको रुपमा शप्कीपर ट्रेनिगं एण्ड रिसोर्स ‘स्टार’ कार्यक्रम संचालन गर्दै आएको छ ।

जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु रहेको कोकले जनाएको छ । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ । कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ ।

यस कार्यक्रमको उद्देश्य नेपाली खुद्रा विक्रेताहरुलाई खुद्रा व्यवसायको ४ मुख्य क्षेत्रमाः पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरु प्रदान गर्नु हो । बोटलर्स नेपालको सार्वजनिक मामिला संचार र स्थिरता टिम तथा सेल्स टिमबीचको संयुक्त सहकार्यले आजका मितिसम्म १५ शहर र नेपालका धेरै साना शहरहरुमा यो कार्यक्रम मार्फत ५००० भन्दा बढि महिला खुद्रा विक्रेताहरुलाई प्रशिक्षण दिइसकेको छ ।

‘हामीले नेपालमा अधिकांश खुद्रा विक्रेताहरु महिला रहेको बुझेका छौं र विशेष गरी ग्रामीण क्षेत्रका यी महिलाहरुमा आधारभूत खुद्रा विक्रेता र व्यवसायिक सीपको अभाव छ । ५बाइ२० कार्यक्रममार्फत हामीले खुद्रा विक्रेताहरुले आफ्नो जीवनमा सामना गरिरहेका अवरोधहरु हटाउन सहयोग र समर्थन गर्ने लक्ष्य राखेका छौं । कम्पनीले निरन्तर आफ्नो भ्यालु चेनमा महिला प्रगतिलाई प्रत्सोहान गर्दछ,’ बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने । ‘५० लाख महिलाहरुलाई सशक्त बनाउने हाम्रो विश्वव्यापी लक्ष्यमा नेपालले गरेको प्रगति देखेर हामी अचम्ति छौं । हामी यस पहलको हिस्सा बन्न पाउँदा निकै खुशी छौं, जसले महिलाहरु र समुदायको जीवन परिवर्तन गर्न विश्वव्यापी मुद्दाहरुमा गहिरो र दिगो प्रभाव पार्दै सहयोग पुरयाइरहेको छ,’ कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ।

५बाइ२० कार्यक्रममा हालै सहभागी भएकी रामपुरकी खुद्रा विक्रेता मिना तामाङले भनिन, ‘१७ वर्ष पहिला मैले आफ्नो परिवार चलाउनका लागि पसल शुरु गरेको हो । मैले आफ्नो सम्पूर्ण लगन र स्रोतहरु पसललाई लाभदायक बनाउँन लगाए । यद्यपी कहिलेकाहि मैले आफ्नो व्यवसाय वृद्धि गर्न सहि चीजहरु गरिरहेको छैन जस्तो लागिरहन्थ्यो । भाग्यवस, कोका–कोला टिमले मलाई उनीहरुको स्टार कार्यक्रममा सहभागी हुन प्रस्ताव गर्यो र त्यसबेलादेखि मैले राम्रो गर्न हौसला पाएको महशुस गरे । उक्त प्रशिक्षण प्रेरणादायक थियो र त्यसले मलाई मेरो शक्ति र कमजोरी दुवै पहिचान गर्न मद्दत गर्यो । अन्य महिला खुद्रा विक्रेताहरुलाई भेटेर उनीहरुको अनुभवबाट सिक्न पाउनु मेरो लागि प्रेरणादायक रहयो । मलाई यस अवसर प्रदान गरेकोमा कोका–कोलालाई आभार प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL