Logo

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सांसदको माग, बढेको रकम फिर्ता गर्न सरकारलाई आग्रह

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सांसदको माग, बढेको रकम फिर्ता गर्न सरकारलाई आग्रह



काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न र पेट्रोलियम पदार्थको मूल्य स्वचालित दरमा राख्न माग गरेका छन । नेपाली काँग्रेसका सांसद डिला संग्रौलाले कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको बताउँदै सेक्युरिटी प्रेसको विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न र भ्रष्टाचार रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन ।

काँग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दोब्बर कर बढाएको भन्दै त्यो फिर्ता गर्न माग गरेका छन । पेट्रोलियम पदार्थको मूल्य अन्तरराष्ट्रिय दरको आधारमा स्वचालित राख्नुपर्नेमा ५ रुपैयाँ प्रतिलिटर बढी रहेको भन्दै उनले उक्त रकम फिर्ता गराई अपारदर्शी ढङ्गले सङ्कलन गरिएको रकमको अवस्था सार्वजनिक गर्न माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्