Logo

भण्डारण क्षमता विस्तार गर्दै आयल निगम, ३५ हजार मेट्रिक टन पुर्याइने

भण्डारण क्षमता विस्तार गर्दै आयल निगम, ३५ हजार मेट्रिक टन पुर्याइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
३१ असार,काठमाडौं । नेपाल आयल निगमले आगामी आर्थिक वर्षमा आफ्नो भण्डारण क्षमता विस्तार गर्ने भएको छ । निगमले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विमानस्थलका हवाई इन्धन भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा डिजेलको भण्डारण विस्तार गर्न लागेको हो ।
निगमसँग हाल ७१ हजार किलोलिटर पेट्रोलियम पदार्थको भण्डारण क्षमता छ ।

निगमले बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी सो जानकार दिएको हो । झापाको चारआलीमा भण्डारण सुविधासहितको इन्धन डिपोको निर्माण गर्न लागेको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । साथै रामेछापको मन्थली हवाई इन्धन भण्डारणका लागि आवश्यक पूर्वाधार तयार गर्ने, बाराको सिमरा विमानस्थलमा आधुनिक डिपो एवम् भण्डारण सुविधा राख्ने र जनकपुरमा हवाई इन्धन डिपो राख्ने तयारी गरेको जानकारी दिए ।

त्यस्तै त्रिभुवन विमानस्थलस्थित निगमको सिनामंगलको भण्डारण सुविधामा करीब चार हजार किलोलिटर लटर क्षमता बढाउने तथा हालको पूर्वाधारलाई थप आधुनिकीकरण गर्ने खड्काले जानकारी दिए । भैरहवास्थित निगमको पेट्रोल पम्पलाई आधुनिकीकरण एवम् थप क्षमता विस्तार गरी नयाँ निर्माण गर्ने, गौतम बुद्ध क्षेत्रीय विमानस्थललाई अन्तरराष्ट्रियस्तरको विमानस्थल बनाउने तयारी भइरहेकाले तीन हजार ५ सय किलोलिटर भण्डारण क्षमताको हवाई इन्धन केन्द्र बनाउने योजना रहेको उनले बताए ।

त्यसैगरी पोखरा इन्धन डिपोको क्षमता विस्तार गर्ने, सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन केन्द्र निर्माण, दाङमा इन्धन डिपो एवम् त्यसका लागि जग्गा प्राप्ति र धनगढी डिपोलाई सहरबाट स्थानान्तरण गरिने भएको छ ।

निगमको ५५ ओटा ‘एलपी ग्यास बोटलिङ प्लान्ट’मा ६ हजार मेट्रिक टन भण्डारण क्षमता छ । यसको विस्तार गरी ३५ हजार मेट्रिक टनको भण्डारण क्षमता विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL