काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले घटाएको छ । निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको हो ।
खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जानकारी दिएको छ । नियमित मूल्य समायोजन प्रक्रिया अन्तरगतनै इन्धनको मूल्य घटाएको निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिएका छन ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।