Logo

ॐ हस्पिटलमा ‘सर्जरी विशेष’ प्याकेज अफर, यस्ता छन् प्याकेजमा सुविधा

ॐ हस्पिटलमा ‘सर्जरी विशेष’ प्याकेज अफर, यस्ता छन् प्याकेजमा सुविधा



काठमाडौं । काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभूतपूर्ब सहुलियत अफर सहितका सर्जरी प्याकेज अघि सारेको छ ।

प्याकेज अन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा अगाडि सारेको छ । पहिलो किसिमको प्याकेजलाई इन्टरमिडिएट सर्जरी भनिएको छ जस अन्तर्गत मात्र रु। ३२ हजामा शल्यकृया गराउन सकिने जनाइएको छ ।

दोश्रो किसिमको प्याकेज अन्तर्गत भने मेजर अप्रेशन समावेश गरिएको छ । यस प्याकेज अन्तर्गत मात्र रु ३६ हजारमाअप्रेशन गराउन सकिने बताइएको छ ।
प्याकेजमा ल्यापरोस्कोपिक बिधि बाट (दुरबिनको प्रयोगबाट)पित्त थैलीको पथ्थरी, एपेन्डिक्सलगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ ।

यसको साथमा ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरुसमेत समावेश रहेका छन् । सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र डाक्टरको कन्सल्टेशन चार्ज समेत समेटिएको यस प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताए । क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नु पर्ने उनको भनाई छ ।

सर्जरी प्याकेजका बारेमा थप जानकारीका लागि अस्पतालको कर्पोरेट डेस्कमा प्रत्यक्ष सम्पर्क गर्न सकिने र प्याकेज अफर यही २०७६ साल पुस १९ गते देखी पुस २९ गतेसम्म लागू हुने नाइएको छ ।

प्रतिक्रिया दिनुहोस्