Logo

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजना, काठमाडौंका मनोज कुमार सिलवालले जिते एक लाख रुपैँया

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजना, काठमाडौंका मनोज कुमार सिलवालले जिते एक लाख रुपैँया



काठमाडौं । अर्घाखाँची सिमेन्टले उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा’ योजनाअन्तर्गत जडिबुटी, काठमाडौंका मनोज कुमार सिलवालले १ लाख रुपैँया बराबरको नगद पुरष्कार जितेका छन ।

कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले विजेता सिलवाललाई आज एक कार्यक्रमबिच उपहार रकमको चेक हस्तान्तरण गरेका हुन ।

सिलवालले घर निर्माणको लागि सातदोबाटो ललितपुरस्थित मेरु इन्टरप्राइजेजबाट गएको हप्ता अर्घाखाँची ओपिसी सिमेन्ट खरिद गरेका थिए ।

यसरी एक लाख बराबरको नगर पुरष्कार पाउने सिलवाल दोश्रो उपभोक्ता हुन् । उनीभन्दा पहिला तीन साताअघि बुटवलकी बिन्दु खनालले पनि सोहि रकम बराबरको नगद पुरष्कार जित्न सफल भएकी थिइन् ।

स्थापनाको पाँचौं वर्षगाँठको उपलक्ष्यमा अर्घाखाँची सिमेन्टले मंसिर ८ गतेदेखि दुई महिनाका लागि धन वर्षा योजना संचालनमा ल्याएको थियो ।

योजनाअन्तर्गत हालसम्म सयांै उपभोक्ताहरुले १००, ५००, १०००, १०,०००, २५०००, ५० हजार र १ लाख रुपैयाँसम्मको सुयोर सट नगद उपहार हासिल गरिसकेका छन् ।

यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क््रयाच कुपन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्