Logo

उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्न गृहको निर्देशन, सबै भन्दा बढी श्रीराम मिलको सवा १ अर्ब

उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्न गृहको निर्देशन, सबै भन्दा बढी श्रीराम मिलको सवा १ अर्ब



काठमाडौं । उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । सोमबार उद्योग र कृषि मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएपछि सोही पत्रका आधारमा पक्राउ गर्न निर्देशन दिएको हो ।

दुई देखि पाँचबर्षसम्मको भुक्तानी नदिएका उद्योगहरुमा श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिल रहेको छ । ति उद्योगहरुबाट किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ । त्यस्तै श्रीरामका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवालको सुगर मिलले ४२ करोड रुपैयाँ दिन बाँकी रहेको छ ।

त्यस्तै अन्नपूर्णका सञ्चालक राकेश अग्रवालले १ सय ५० जना किसानको भुक्तानी अझै दिन सकेका छैनन् । उनले सर्लाही र रौतहटका किसानको भुक्तानी दिन बाँकी रहेको छ । किसानहरुले अहिले बिभिन्न चरणमा आन्दोलन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL