Logo

मापदण्ड विपरित ३ सिमेन्ट उद्योग, अघि बढ्यो कारबाही प्रक्रिया

मापदण्ड विपरित ३ सिमेन्ट उद्योग, अघि बढ्यो कारबाही प्रक्रिया



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरित ३ सिमेन्ट उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले नवलपरासीको होङ्सी सिमेन्ट, बृज सिमेन्ट र युनाईटेड सिमेन्टलाई १५ दिने स्पष्टिकरण सोधेको हो ।

उक्त उद्योगहरुले गुणस्तर विपरित काम गरेकाले १५ दिने स्पष्टिकरण सोधिएको विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त तीनै उद्योगलाई नेपाल गुणस्तर नियमावली अनुरुप कारबाही प्रक्रिया अघि बढाईएको हो ।

प्रतिक्रिया दिनुहोस्