Logo

पञ्चकन्या सिपिभिसी पाइपलाई नेपाल गुणस्तर चिन्ह, बन्यो नेपाल गुणस्तर ५७० प्रमाणीकरण प्राप्त गर्ने पहिलो पाइप कम्पनी

पञ्चकन्या सिपिभिसी पाइपलाई नेपाल गुणस्तर चिन्ह, बन्यो नेपाल गुणस्तर ५७० प्रमाणीकरण प्राप्त गर्ने पहिलो पाइप कम्पनी



काठमाडौं । पञ्चकन्या सिपिभिसी पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । नेपाल गुणस्तरबाट प्राप्त गरिएको विशिष्टतापछि पञ्चकन्या सि.पि.भि.सी. पाइप पहिलो नेपाल गुणस्तर ५७० प्रमाणीकरण प्राप्त गर्ने पहिलो कम्पनी बनेको पञ्चकन्याले जानकारी दिएको हो ।

पञ्चकन्या समूह उत्पादन र गुणवत्ताको सवालमा सधैं अग्रणी हुँदै आएको कम्पनी हो । त्यस्तै ९ बर्ष अगाडि देखी सिपिभिसी पाइपको बजारमा नाम बलियो हुँदै आएको छ । पञ्चकन्या समूह नेपालको पहिलो कम्पनी हो जहाँ सि.पि.भि.सी. पाइपको कच्चा माल जापानबाट आयात गरी नेपालमा निर्माण गरिन्छ ।

सिपिभिसी. पाइप पहिलो पटक नेपालमा सुरु भएको हुनाले नेपाल गुणस्तरबाट उत्पादन सम्बन्धी कुनै विशिष्टीकरणहरू लिएको थिएन । त्यसैले IS15778 को प्रमाणपत्र प्राप्त गर्न (BIS) ब्यूरो कार्यालय भारतीय मानक बाट प्रमाणपत्र लिएको थियो । त्यसैगरी , सिपिभिसी. पाइपले अमेरिकी मानक ( ASTM ) प्रमाणीकरण पनि प्राप्त गरेका छ्न । त्यसैगरी, पञ्चकन्या ट्यान्की र पाइप भारतीय निर्यात पनि भईरहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्