Logo

किष्ट शिक्षण अस्पतालमा इआरसिपी सेवा शुरु, जन्डिस भएका विरामीहरुका लागि वरदान

किष्ट शिक्षण अस्पतालमा इआरसिपी सेवा शुरु, जन्डिस भएका विरामीहरुका लागि वरदान



काठमाडौं । किष्ट शिक्षण अस्पतालले इआरसिपी सेवा शुरु गरेको छ । काठमाडौ तथा ललितपुर जिल्लामा नै सबैभन्दा सुलभ मुल्यमा किष्ट शिक्षण अस्पताल, ईमाडोलमा यो सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका डा. कमलराज सुवेदीको टोलीद्धारा पुस १ गते पहिलोपटक सफलतापूर्वक (ERCP- Endoscopic Retrograde Cholangio Pancreatography)  गरिएको अस्पतालले जानकारी दिएको हो ।

पित्तनलीमा ढुङ्गा बन्ने, पित्तथैलीको ढुङ्गा नलिमा जाने र पित्तनली साँघुरिने एवं च्यापिने समस्याले जन्डिस भएका विरामीहरुका लागि वरदान इआरसिपी प्रविधि हो । मुखबाट ईन्डोस्कोपी मेसिन छिराएर पेटको बाटो हुदै आन्द्रामा रहेको पित्तनलीको मुख (अम्पुला) मा पुग्छ । विभिन्न उपकरणहरुको प्रयोग गरेर नलीको मुखलाई ठुलो बनाईन्छ र पित्तनलीको ढुङ्गा निकालिन्छ ।

नली साँघुरो भएको माथि स्टेन्ट राखिन्छ । यसले बाईलको बहाव सुचारु गराउँछ । यो प्रविधिलाई इआरसिपी भनिन्छ । यो प्रविधि प्रयोग गर्दा पेट चिर्नु वा पेटमा प्वाल पार्नुपर्दैन । धेरै दिन अस्पताल भर्ना हुन नपर्ने र विरामीलाई पनि धेरै पिडा सहन नपर्ने हुनाले अहिले यो प्रविधि विश्वभर प्रचलित बन्दै आएको छ । यस प्रविधिमैत्री शल्यक्रियाअझै प्रभावकारी र सुलभ ढङ्गले अगाडि बढाउने र बिरामीलाई अझै सुविधामैत्री बनाउने प्रतिबद्घता किष्ट शिक्षण अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्