Logo

सिंगापुरको ‘भिबोन’ ब्राण्डका कुर्सी अब नेपाली बजारमा, हलेशी डेकोरलाई तोक्यो विक्री केन्द्र

सिंगापुरको ‘भिबोन’ ब्राण्डका कुर्सी अब नेपाली बजारमा, हलेशी डेकोरलाई तोक्यो विक्री केन्द्र



काठमाडौं । विश्वमै उपयुक्त मानिएक ‘भिबोन’ ब्राण्डका कुर्सी अब नेपाली बजारमा भित्रिएका छन् । अन्तराष्ट्रिय शोधकर्ताहरुको संस्था विफ्माबाट ईर्गोनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुर स्थित ब्लुबेल ईर्गोनोमिक्सको भिबोन ब्राण्डका कुर्सी हलेसी डेकोरमा उपलब्ध हुने बताएको छ ।

चक्रपथ, महराजगंजस्थित हलेशी डेकोरमा कम्पनीले ईर्गोनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द्र स्थापित गरेको तथा भविष्यमा देशका अन्य प्रमुख भागहरुमा यस्तो केन्द्रहरु स्थापना गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

घर, अफिस तथा अन्य प्रयोजनको लागी ४० भन्दा बढी डिजाईनका भिबोन इर्गोनोमिक्स कुर्सी नेपालमा यस कम्पनीले उपलब्ध गराएको छ । ‘मानिस आफ्नो जिवनकालको औसत ४०
बर्ष ‘दैनिक १० घण्टाको हिसाबले’ कुर्सीमा बिताउँछौ ।

कुर्सीमा बस्ने बसाई हाम्रो शरीर अनुसार मेल खाएन भने स्पाइनल कर्ड अर्थात कम्मर, घाँटी दुख्ने समस्याका साथै शरीरमा रक्त संचारलाई कमजोर पार्दै जान्छ । शोधकर्ताहरुले यसको लागी ईर्गोनोमिक्स कुर्सीको डिजाईन गरे जुन हाम्रो शरीरको बनावट अनुसार समायोजन गर्न मद्दत गर्छ । तथा यस प्रकारका समस्याबाट टाढा राख्छ’, कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्