काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले यसबर्षको नेपाल गुणस्तर (एनएस) क्वालिटी अवार्ड शिवम् सिमेन्टलाई प्रदान गरेको छ ।
विभागले बिहीबार आफ्नै कार्यालयबाट कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीले गरेका विभिन्न कार्यक्रम, सामाजिक उत्तरदायित्व लगायतका कार्यहरुलाई हेरेर विभागले उक्त अवार्ड प्रदान गरेको जानकारी दिएको छ ।
यस्तै विभागले मारुती सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्टलाई लेटर अफ एप्रिसिएसन अवार्ड प्रदान गरेको छ ।
कम्पनीहरुले उक्त अवार्डका लागि २ बर्ष अघि नै आवेदन दिएका थिए । उक्त आवेदन अनुसार विभागले उनीहरुको कामको आधारमा सम्मान गरेको हो ।