Logo

हाईब्रीड उर्जाले मुस्ताङको चुम्जुङ गाउँ उल्यालो, ३७ घर लाभान्वित

हाईब्रीड उर्जाले मुस्ताङको चुम्जुङ गाउँ उल्यालो, ३७ घर लाभान्वित



काठमाडौं । हाईब्रीड उर्जा प्रणालीका कारण मुस्ताङको चुम्जुङ गाउँ उल्यालो भएको छ । १ बर्षअघि २ ओटा दातृ संस्थाले बनाएको सौर्य उर्जा तथा वायु उर्जाको हाईब्रीड उर्जा प्रणालीका कारण ४ हजार १ सय मिटरको उचाइमा अवस्थित सुक्खा र फुस्रा पहाड बीच रहेको चुम्जुंग गाऊ अहिले उज्यालो भएको हो ।

मुस्ताङको मुख्य बजार क्षेत्र जोमसोमबाट ६ घण्टाको दुरी मा रहेको उक्त चुम्जुंग गाऊ मुस्ताङ जिल्लाकै सबै भन्दा उच्च स्थानमा रहेको हिमाली बस्ती हो, जहाँ प्रति सेकेन्ड औसत ८ मी. को गतिमा हावा चल्छ । घाम र हावाबाट निकालिएकोे बिजुलीले चुम्जुंगका घर लगायत चोकमा समेत बत्ति जडान गरिएका छन । गाऊका बिधार्थीलाई ध्यानमा राखी श्रब्य दृश्य प्रयोजनका लागि सामुदायिक भवनमा टीभी पनि जोडिएको छ ।

उक्त आयोजनाको लागि सिमेपु फाउन्डेशन, फिनल्याण्ड तथा ईको इनर्जी नामक दातृ संस्थाले आर्थिक सहयोग पुर्याएका हुन । वातावरणीय उर्जा अनुसन्धान तथा विकास केन्द्र (ईईआरडीसी) तथा पीपुल, इनर्जी एण्ड ईन्भारोमेन्ट डेभलपमेन्ट एसोसिएशन (पीडा) को संयुक्त प्रयासमा उक्त स्थानमा एक वर्षभित्र बिद्युत उत्पादन गरेर गाउलेलाई हस्तान्तरण गरिएको हो ।

बिजुली आएपछि गाउलेहरु उत्साहित भएका छन् भने जनप्रतिनिधिहरु खुशी भएको स्रोतले जानकारी दिएको छ । उक्त २ आयोजनाहरुले प्रत्येक घरघरमा आवश्यक वायरिङ तथा बल्ब समेत उपलब्ध गराएका छन । ४ किलोवाट क्षमताको हाईब्रिड प्रणालीमा ३ किलोवाट सोलार तथा १ किलोवाट वायुउर्जाको प्रणाली जोडिएको छ । जसबाट चुम्जुङ गाउँका ३७ घरधुरी लाभान्वित भएका छन ।

प्रतिक्रिया दिनुहोस्