काठमाडौं । सरकारले आगामी १ बर्षमा विभिन्न १ दर्जन बढी बस्तुमा आत्मनिर्भर हुने घोषणा गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतीवडाले आगामी आर्थिक बर्ष विभिन्न १ दर्जन बस्तुमा आत्मनिर्भर हुने जानकारी दिएका छ ।
उनले बजेटमार्फत कपडा उद्योगीलाई विद्युत महशुलमा ५० प्रतिशत र बैंक कर्जाको ब्याजदरमा ५ प्रतिशत सम्म छुट दिने जानकारी दिएका छन । यस्तै उक्त बजेटमार्फत निर्माण परियोजनामा पनि स्वदेशी रड तथा सिमेन्ट प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने बताएका छन ।
उनले रुग्ण तथा जिर्ण उद्योगहरुलाई निजी क्षेत्रको सहकार्यमा संचालनमा ल्याईने जानकारी दिएका छन । उद्योग क्षेत्रमा सरकारले २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ ।