Logo

सातै प्रदेशमा पेट्रोल पम्प खोल्न निगमले माग्यो आवेदन, यस्ता छन प्रक्रिया

सातै प्रदेशमा पेट्रोल पम्प खोल्न निगमले माग्यो आवेदन, यस्ता छन प्रक्रिया



काठमाडौं । सरकारले सातै प्रदेशमा पेट्रोल पम्प निर्माणका लागि आवेदन खोलेको छ । नेपाल आयल निगमले मंगलबार एक सुचना जारी गर्दै सातै प्रदेशमा पेट्रोल पम्प स्थापनाका लागि आवेदन खुलाएको हो ।

निगमले उक्त पेट्रोलपम्प स्थापनाका लागि आवश्यक कागजात तथा उचित जग्गाको सिमानाको विवरण पेश गर्नुपर्ने जानकारी दिएको छ । उक्त सुचनाका अनुसार सातै प्रदेशमा पेट्रोलपम्प स्थापना गर्न चाहने विक्रेताले विक्री स्थलको चारैकुना स्पष्ट खुल्ने गरी नक्सा तथा ब्लुप्रीन्ट, कित्ता समेत उपलब्ध गराउनुपर्ने निगमले जानकारी दिएको छ ।

यस्तै निगमले जग्गाको वास्तविक लम्बाई तथा चौडाईको विस्तृत विवरण समेत बुझाउनुपर्ने जनाईएको छ । यस्तै उक्त निवेदनका साथ निवेदन शुल्क ५० हजार रुपैयाँ समेत बुझाउनु पर्नेछ । निगमले सरकारलेनै सातै प्रदेशमा आफ्नै ग्याँस प्लान्ट स्थापना गर्ने समेत घाषणा गरिसकेको छ । निगमले त्यसपश्चात सातै प्रदेशमा पेट्रोलपम्प संचालनमा ल्याउने भएको छ ।

निगमले उक्त पेट्रोल विक्रेताका लागि आवेदन दिनका लागि आवेदनमा साधारण विक्रेता तथा पेट्रोल विक्रेता सँगको दुरी कम्तीमा ३ सय मिटरको र पूर्वपश्चिम राजमार्गको दुरी कम्तीमा ५ सय मिटरको हुनुपर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL