Logo

सिन्धुपाल्चोकका ८ गाविसमा सिप्रदी र भोटेकोशि पावरको राहत, त्रिपाल र खाद्य सामग्री वितरण

सिन्धुपाल्चोकका ८ गाविसमा सिप्रदी र भोटेकोशि पावरको राहत, त्रिपाल र खाद्य सामग्री वितरण


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२१ वैशाख, काठमाडौं ।
सिप्रदी ट्रेडिङ्ग प्रालि र भोटेकोशी पावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकका विभिन्न ८ गाविसमा राहत स्वरुप त्रिपाल तथा खाद्य सामग्री वितरण गरेको छ । सिप्रदीको सामाजिक सहायता संस्था सिप्रदीयन र भोटेकोशी पावरले संयुक्तरुपमा सिन्धुपाल्चोकका राहतबाह्रविसे, मानेसरा, गाती, घुम्ताङ्ग, मार्मिंङ्ग, लिस्टी, तातोपानी र फुुलपिङ्गकट्टी गाविसमा विभिन्न राहतका सामग्री वितरण गरेका हुन् ।

जिल्लाका ८ गाविसहरुका भूकम्प पिडित परिवाहरुलाई ७ सय थान त्रिपाल, २० हजार केजी चामल, ४ हजार केजि चिउरा, ८ सय  केजि दाल तथा चाउचाउ वितरण गरिएको सिप्रदीका कर्पोरेट ब्राण्ड म्यानेजर शावन्त जंग सिजापतीले जानकारी दिए ।

sindhupalchowk2

यस अघि सिप्रदीले नुवाकोट जिल्लाको विकट क्षेत्रममापनि त्रिपाल र खाद्यन्न सामग्री सहयोग गरेको थियो । त्यस्तै, काठमाण्डौं देखि नारायणगढ सम्म निशूल्क यातायात सेवा समेत सञ्चालन गरी भुकम्प पीडीतहरुलाई सहयोग  गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL